
काठमाडौँ, १० माघ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गर्न खोजेकोमा शेखर कोइराला पक्षले जनाएको छ ।
कोइराला पक्षको सोमबार बसेको बैठकले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि निष्कर्ष निकालेको छ ।
सो पक्षको भर्चुअल बैठकले सभापति देउवाले कुनै छलफल नै नगरी एक्लौटी निर्णय गर्न खोजेको भन्दै विरोध पनि जनाएको छ ।
छलफलले काँग्रेसलाई समेत प्रभाव पार्ने स्थानीय तहको निर्वाचनबारे पार्टी छलफल गरेर मात्रै गठबन्धनबाट निर्णय हुनुपर्ने जनाएको छ ।
यसअघि नै नेता गगन थापा लगायतले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने बताइसकेका छन् ।












प्रतिक्रिया