शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सूर्य चिन्हका बारेमा भ्रममा नपर्न एमालेको आग्रह

दैनिक नेपाल २०७८ माघ १० गते १९:०१

काठमाडौँ, १० माघ । नेकपा एमालेको संगठन विभागका प्रमुख खगराज अधिकारीले चुनाव चिन्ह सूर्यका बारेमा फैल्याइएको हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।

अधिकारीले सामाजिक सञ्जालमार्फत एमालेले पार्टी नविकरण गरी निर्वाचन आयोगबाट प्रमाणित कागजात लिइसकेको भन्दै भ्रमको पछि नदौडन कार्यकर्तामा आग्रह गरेका हुन् ।

विभाग प्रमुख अधिकारीले उल्लेख गरेका छन्, ‘न नीतिमा न सिद्दान्तमा न विचारमा न सगठनमा प्रतिवाद गर्ने सामार्थ्य छ झूठ फतुर कुरा गरेर नेकपा (एमाले) को चुनाव चिन्ह सूर्यका वारेमा भ्रम फैलाउने फन्टुसहरूले वुझे हुन्छ निर्वाचन आयोगले चिन्ह सहित सवै डकुमेन्टहरू प्रमाणित गरी नविकरणको प्रमाणहाम्रो पार्टीलाइ दिइसकेको छ ।’

प्रतिक्रिया
सम्बन्धित