शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका कैदी पक्राउ

दैनिक नेपाल २०७८ माघ १० गते १८:२४

सांकेतिक तस्वीर

दाङ, १० माघ । दाङको घोराही कारागारबाट भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले कारागारबाट भागेका कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले कार्यालय दाङले परियारलाई सोमबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो ।

कारागारबाट उपचारको बहानामा पुस ८ गते त्यहाँबाट निकालिएको बेला प्रहरीकै मिलेमतोमा भगाएको दाङ प्रहरीको निष्कर्ष थियो । उनी प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए ।

लामो समयदेखि सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो । सोही आधारमा उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल पक्राउ गर्न भारत पुगेको जनाइएको छ ।

यसअघि नै कारागारका नाइके भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित