२९ आश्विन २०८३, बिहिबार

अनेसास शब्द–सारथिमा ‘दोभान’को चर्चा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोस्टन (अमेरिका), १० माघ । अन्तर्राष्ट्रिय नेपाली साहित्यको पाक्षिक साहित्यिक कार्यक्रम ‘अनेसास शब्द–सारथि’मा साहित्यिक कृति ‘दोभान’को चर्चा गरिएको छ ।

हिजो आइतबार जुम माध्यमबाट आयोजित उक्त कार्यक्रममा तीर्थराज अधिकारी र विश्वराज अधिकारीको संयुक्त कृति लोकार्पण र चर्चा गरिएको हो । तीर्थराज अधिकारी अनेसास बोर्ड अफ ट्रस्टी सदस्य हुन भने विश्वराज अधिकारी अनेसास लुजियाना च्याप्टरका संस्थापक अध्यक्ष हुन् ।

कार्यक्रममा रोहिणी शर्मा, मोहन सिटौला, गोविन्द गिरी प्रेरणा, डा. ऋृषि बस्ताकोटी, राजेन्द्रप्रसाद अर्याल, खेमराज पोखरेल, ममता मृदुल, प्राडा भवानी पाण्डे, पदम विश्वकर्मा, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, राम लामा अविनाशी, दिव्य गिरी, ललिता दोषी, शिव पलाँस, पवनकुमार बुढाथोकी, बाबुराम न्यौपाने ‘उत्स’लगायतले मन्तव्य र कृतिभित्रको रचना वाचन गरेका थिए ।

अनेसासको वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रममा सर्जकद्वय तीर्थराज अधिकारी र विश्वराज अधिकारीले आफ्नो सृजना–धर्मिताका बारेमा पनि विचार व्यक्त गरेका थिए ।

सार्वजनिक गरिएको कृतिमा तीर्थराज अधिकारीका ५० मुक्तक र विश्वराज अधिकारीका ५० म कविता रहेका छन् । शब्द–सारथिले कृतिमाथि छलफल र साहित्यिक विचारविमर्श गर्दै आएको छ ।