२९ आश्विन २०८३, बिहिबार

प्रवासबाट मतदानको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाइँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रेलिया, ९ माघ । प्रवासी नेपाली मञ्चले प्रवासमा रहेका नेपाली नागरिकहरुलाई आगामी निर्वाचनहरुमा मतदान गर्ने व्यवस्था गर्न माग गर्दै आगामी जनवरी २४ मा नेपालमा नेपाल सरकार र निर्वाचन आयोग तथा विश्वभर रहेका नेपाली दुतावासहरुमा ज्ञापन पत्र बुझाउने भएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स भित्राउने प्रवासीहरुलाई देशको नेतृत्व निर्माणमा चाहि वाहिर राख्नु अन्याय भएकाले मञ्चले प्रवासबाटै मतदान गर्न सक्ने व्यवस्था गर्न माग गर्दै नेपाल सरकार र निर्वाचन आयोगको ज्ञापन पत्र बुझाउन लागेको बताइएको छ ।