३ कार्तिक २०८३, मंगलबार

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामग्री प्रदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिदै बैंककोे सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको श्री चोईना विणा गुरु गणेश आधारभुत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्री एवं खानेपानी को लागी आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको हो ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

कोभिड–१९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।