
अमेरिका, ६ माघ । पूर्वयुवराज्ञी हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट यूएसएको औपचारिक उद्घाटन गरिएको छ ।
अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पुरानो तथा पर्यटकीय शहर लिजबर्ग शहरमा एक भब्य समारोहबीच हिमानी शाहले ट्रष्ट उद्घाटन गरेकी हुन् ।
पण्डित राजेन्द्र खनालले मन्त्र उच्चारणगरेसँगै हिमानी शाहले पानसमा बत्ती बालेर हिमानी ट्रष्ट यूएसको उद्घाटन गरिएको हो । समारोहमा हिमानी शाहले आफ्नो संस्था र यसको सेरोफेरोमा चर्चा गरेकी थिइन् ।
उक्त समारोहमा हिमानी ट्रष्ट यूएसएका विभिन्न शाखाका पदाधिकारी, स्थानीय सामाजिक अभियन्ता, विदेशी पाहुनासहितको उपस्थिति थियो ।

समारोहमा हिमानी ट्रस्ट यूएसएका महासचिव आनन्दु लामाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । यसैगरी त्यहाँ उपस्थित भएका विदेशी पाहुनाहरुले मन्तव्य व्यक्त गर्दै हिमानी शाहको हिमानी ट्रष्ट तथा उनले सामाजिक सेवामा पुर्याएको योगदानको प्रसंशा गरेका थिए ।
समारोहमा विदेशी अतिथिहरुमा भर्जिनियाका सिनेटर मार्क वार्नरका प्रतिनिधि, लाउडन काउन्टीका प्रतिनिधिहरु, अमेरिकी विदेश विभागका पूर्वपदाधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हिमानी शाह गत मंगलबार अमेरिका आइपुगेकी हुन् । हिमानी शाहको अमेरिका बसाई करीब २ हप्ताको हुने बताइएको छ ।















प्रतिक्रिया