
-भगवान गिरी
पोर्चुगल, २, माघ । गैरआवसीय नेपाली संघ (एनाआरएनए) पोर्चुगलका पूर्वसल्लाहकार एवं नेपाली कानुन व्यवसायीको रुपमा परिचित राजन खनालले आफुमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै महिला सहकर्मीले पोर्चुगिस पुलिसलाई आवेदन दिएकी छन् ।
पोर्चुगल लिज्बन स्थित एनआरसी ओकिल कार्यालयमा कार्यरत तथा नेपाली कानुन व्यवसायी समेत भनेर चिनिएका खनालले कार्यालयमा सोधपुछ कक्षमा कार्यरत पौडेल थरकी एक नेपाली नारीले आफूलाई विगत केही समयदेखि नै शारीरिक तथा मानसिक रूपमा यातना दिई राखेको र मासिक पारिश्रमिक समेत नदिएपछि उनले उजुरी दिएकी हुन् ।
उनले आफ्नो पारिश्रमिक माग्ने कर्ममा आफूलाई शरीरमा निलडाम हुने गरि कुटपिट गरेको बताउँदै एक विज्ञप्ती जारी गर्दै न्यायको लागि पहल गर्न पोर्चुगिस नेपाली कन्सुलर र नेपाली समुदायको माझमा अपिल गरेकी छन् ।
विज्ञप्तिमा उनले भनेकी छन्, पिडक खनालले यो कुटपिट गरेको घटना बाहिर कहीँ कतै भनेको खण्डमा ज्यान मार्ने धम्की दिएका छन् ।
यो घटना सार्वजनिक भए संगै पोर्चुगल सामाजिक संघसंस्थाले घटनाको घोर निन्दा गर्दै पीडितलाई न्याय दिन आफ्नो ठाउँ बाट लागि पर्ने बताएका छन् ।
















प्रतिक्रिया