शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने महिलामा क्यान्सको खतरा अधिक हुन्छ’

यसरी पत्ता लगाउन सकिन्छ पाठेघरको क्यान्सर

डा. ज्योत्सना शर्मा २०७८ माघ २ गते ८:३१

क्यान्सर भनेको जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषिका बढ्ने हो ।

अक्सर महिलाहरू पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो ।

ह्युमनप्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ ।

महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ ।

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपि यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार सम्भव हुन्छ ।

त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको सङ्केत गर्छ । यदि त्यस्तो सङ्केत देखा परेमा सतर्क रहँदै चिकित्सकीय परामर्श लिनु पर्छ ।

यो जनवरी महिना भनेको क्यान्सरको जागरूपताको महिनाको रूपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौं कमन क्यान्सर हो र योचाहिँ महिलाहरूमा चौथोमा पर्ने गर्दछ । विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ती एचआईभी भ्याक्सिन लगाउने गरिन्छ । जुन ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बच्चाहरूलाई २ डोज खोप र १५ वर्षदेखि २६ वर्ष उमेर समूहका मानिसहरूलाई ३ डोज खोप लगाउने गरिन्छ ।

त्यस्तै २६ वर्ष भन्दा माथिका उमेर पुगेका मानिसहरूले भ्याक्सिन लगाए पनि भ्याक्सिनको प्रभाव नदेखिने भएकाले सङ्क्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कु्रा परीक्षण गरेर थाहा पाउन सकिन्छ ।

९० प्रतिशत महिलामा असामान्य रूपमा योनीबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई–तीन पटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरू हुन् ।

कस्तो अवस्थामा यसको परीक्षण गर्ने त कस्ता रहन्छन यो क्यान्सको लक्षणहरू ?

महिनावरी नभए पनि बीचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढी लाग्ने, लामो समयसम्म खोकी निको नहुने र तौल घट्दै जानेलगायत लक्षणहरू देखिएमा तत्काल प्याबस्मेयरको परीक्षण गराउनु पर्दछ । यो परीक्षणले सङ्क्रमितको क्यान्सरको कुन अवस्थाम छ भन्ने पत्ता लगाउन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तिसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा बिबाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरूले कम्तीमा वर्षमा एक पटक स्त्री रोगसम्बन्धीका डाक्टरहरूलाई भेटेर जाँच गर्न जरुरी छ । यो परीक्षणले भविष्यमा हुने धनजन र खतराबाट बचाउँदछ ।

हामीले हामीकहाँ आउने महिला दिदीबहिनी तथा आमाहरूलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सवाधानीका उपायहरूको ज्ञान दिन जरुरी छ ।

(डा. शर्मा एभरेष्ट अस्पतालकी स्त्रीरोग तथा निःशन्तान विशेषज्ञ हुन् ।)

प्रतिक्रिया
सम्बन्धित