३० आश्विन २०८३, शुक्रबार

नबन्दै बुढा भए पूर्वाधार आयोजना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सामान्यतया ‘गेम चेन्जर’ आयोजना सम्पन्न हुने समयावधि संसारभर नै बढीमा १० वर्ष मानिन्छ ।

त्यसभन्दा बढी समय लागेका आयोजनालाई समस्याग्रस्त भएको ठानिन्छ । तर, नेपालमा ४० वर्ष हाराहारीमा पुगेका आयोजना अझै पनि अधुरै छन् ।

द्रुत विकास र आर्थिक समृद्धि यतिवेला समग्र देशको एजेन्डा छ । तर, मुलुकमा तीन–चार दशकअगाडि सुरु भएका कैयौँ पूर्वाधार आयोजना अझै सकिएका छैनन् । सामान्यतया ‘गेम चेन्जर’ मानिएका आयोजना सम्पन्न हुने समयावधि संसारभर नै बढीमा १० वर्ष मानिन्छ । त्यसभन्दा बढी समय लागेका आयोजनालाई समस्याग्रस्त भएको ठानिन्छ ।

तर, नेपालमा ४० वर्ष हाराहारीमा पुगेका आयोजनासमेत अधुरै छन् । तीमध्ये केही राष्ट्रिय गौरवको सूचीमा छन् । तर, कहिले सकिन्छन् भन्ने यकिन छैन । बजेटको अभाव, फितलो कार्यान्वयन अवस्था, जग्गा प्राप्तिमा जटिलता, सामग्री ढुवानीमा अवरोध तथा अभाव र कमजोर राजनीतिक इच्छाशक्तिलाई आयोजना ढिलाइको कारण मनिएको छ ।

जनता आयोजनाबाट प्राप्त गर्नुपर्ने सुविधाबाट वञ्चित मात्रै होइन, कछुवा गतिको काम देखेर निराश छन् । आयोजना पूरा हुने आशामा बसेका नागरिकसँगै आयोजना आफैं पनि सम्पन्न नहुँदै बुढा भएका छन् । आयोजना ढिलाइसँगै बजेट पनि थपिँदै जान्छ, आजकने नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले विशेष रिपोर्टसहितको समाचार लेखेका छन् ।

समाचारमा सम्पन्न नहुँदै बुढा भएका केही प्रमुख प्रतिनिधि पूर्वाधार आयोजनाबारे विस्तृतमा टिप्पणी समेत गरिएका छन् । जस्तै महाकाली करिडोर, लुम्बिनी क्षेत्र विकास कोष, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, बबई सिँचाइ आयोजना, गँगटे–समुद्रटार–गल्फुभञ्ज्याङ सडक, कर्णाली करिडोर आयोजना, डुम्रे–बेँसीसहर–चामे–मनाङ सडक आयोजना, सगरमाथा लोकमार्ग, थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना र सिक्टा सिँचाइ आयोजनालगायत विभिन्न आयोजनाहरू निर्माण सम्पन्न नुहँदै बुढो भएको नयाँ पत्रिकाले टिप्पणी गरेको छ ।