
काठमाडौं, १ माघ । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा श्रेष्ठले माघ २ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । सीईओमा नियुक्त भएका श्रेष्ठ यसअघि सेञ्चुरी बैंकको प्रमुख बजार अधिकृत थिए ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रही बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी सञ्चालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा समेत चिनिदै आएका छन् ।















प्रतिक्रिया