३ कार्तिक २०८३, मंगलबार

महालक्ष्मी विकास बैंकद्वारा खाद्य सामग्री प्रदान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । महालक्ष्मी विकास बैंकको बानेश्वर शाखाले बानेश्वरको संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सहयोगस्वरुप खाद्य सामग्री प्रदान गरेको बताएको छ । समाज केन्द्रको कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामग्रीहरु समाज केन्द्रका प्रमुख कृष्णबहादूर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

समाज केन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरुको संरक्षण गर्दै आएको छ ।