
काठमडौं, २९ पुस । माघेसंक्रान्तिका वेला लाग्ने मेलामा सहभागी हुन भन्दै भारतीय नागरिक खुलेआम नेपाल प्रवेश गरिरहेका छन् ।
कोरोना परीक्षण नगरी भारतीय नागरिक नेपाल प्रवेश गर्दा थप जोखिम बढेको छ । माघे संक्रान्तिका वेला प्युठानको स्वर्गद्वारी, दाङको रिहार र बाँकेको भुवरभवानीको दर्शन गर्न तथा मेला भर्न हजारौँ भारतीय नागरिक नेपाल आउने गरेका छन् ।
दैनिक ६–७ हजार भारतीय जमुनाह नाका भएर आउने गरेको इलाका प्रहरी कार्यालयका इन्चार्ज सइ मीनबहादुर विष्टले जानकारी दिए । उनले दर्शनका लागि र मेला भर्न आउने भारतीयको कोरोना परीक्षण गर्न सम्भव नभएको बताए । ‘माघे संक्रान्तिका वेला दर्शन र मेला भर्न आउने भारतीयको कोरोना परीक्षण गर्ने हो भने जमुनाह नाकामा भिड थेग्न सकिँदैन,’ उनले भने ।
भारतीय नागरिक जमुनाह नाकाबाट बस चढेर सीधै स्वर्गद्वारी र रिहार पुग्ने गरेका छन् । उनीहरूका लागि जमुनाहमै बस व्यवस्था गरिएको सइ विष्टले बताए । ‘कोरोना संक्रमण फैलिन नदिन दर्शनार्थीलाई बसमा राखेर सीधै गन्तव्यमा पुर्याउने व्यवस्था मिलाइएको छ,’ उनले भने । उनीहरू मेलामा खुलेआम हिँड्डुल गर्नेछन् छन् । यसले मन्दिर परिसरमा आउने नेपालीलाई कोरोना संक्रमण हुने खतरा छ । ‘बाटोमा कोरोना फैलाउने खतरा नभए पनि मन्दिरपरिसरमा लाग्ने मेला र दर्शनार्थीलाई कोरोना सार्न सक्ने सम्भावना अधिक छ,’ जमुनाह नाकास्थित हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले भने, अजाको नयाँ पत्रिका दैनिकमा महोत्तरीबाट रञ्जन भण्डारी, बाँकेबाट विश्वराज पछल्डङ्ग्या र धनगढीबाट तेजराज भट्टले समाचार लेखेका छन् ।
समाचारमा एन्टिजेन पजिटिभ आउने भारतीयलाई नाकाबाटै फर्काइँदै, भारतबाट फर्केका नेपाली परीक्षणविनै गाउँमा र भारतबाट आउनेको व्यवस्थापनमा समस्यालगायत विषय पनि समेटिएका छन् ।















प्रतिक्रिया