९ कार्तिक २०८३, सोमबार

भोलिदेखि अर्को मौसमी प्रणाली विकसित हुँदै, फेरि वर्षा र हिमपातको सम्भावना

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ ।

उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभाग, मौसमक पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि शुक्रबारदेखि अझै अर्को मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएकाले हल्का वर्षा र पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको औंल्याइएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।

विभागले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।