९ कार्तिक २०८३, सोमबार

नर्भिक इन्टरनेशनल हस्पिटलले पनि कोभिड–१९ खोप केन्द्र सञ्चालन गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । अब काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशन हस्पिटलले पनि कोभिड–१९ खोप केन्द्र सञ्चालन गर्ने भएको छ ।

निजी क्षेत्रका अस्पतालहरूले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्नसक्ने सरकारको निर्णयअनुसार अस्पतालले खोप केन्द्र सञ्चालन गर्न लागेको हो । हस्पिटलले भोलि बिहीबारदेखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ ।

सरकारी स्वास्थ्य संस्थाहरूको सहकार्यमा खोप केन्द्र सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रूपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

साविकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए । उनका अनुसार स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान सञ्चालन हुनेछ ।

नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुने छन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउन सक्ने छन् ।