
हेटौंडा, २८ पुस । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १० मा नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ (अनेमसंघ) र खेलकुद महासंघका कमिटीहरू गठन गरिएको छ ।
हिजो मंगलबार आयोजित कार्यक्रमकाबीच उक्त वडामा विभिन्न कमिटीहरू गठन गरिएको हो ।
प्राप्त जानकारी अनुसार कमल घलानको अध्यक्षतामा २१ सदस्सीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा अप्सरा नेपाल, सचिवमा अशोक घिमिरे र सहसचिवमा तेज वाईवा सर्वसम्मत चयन भएका छन् ।
यसैगरि अनेमसंघ १० नंबरको अध्यक्षमा लिला घिमिरे सर्वसम्मत चयन भएकी छिन् । ५० सदस्सीय कमिटीको उपाध्यक्षमा विना भोम्जन, सचिवमा अप्सरा नेपाल, सहसचिवमा रञ्जना घिमिरे र कोषाध्यक्षमा सिता थिङ चयन भएकी छन् ।
यसैगरि, खेलकुद महासंघ वडा कमिटीको अध्यक्षमा जोसेप वाईवा चयन भएका छन् । वाईवाको नेतृत्वमा ९ सदस्सीय वडा कमिटी बनेको हो । कमिटीको उपाध्यक्षमा सुमन पाख्रिन, सचिवमा साजन भोम्जन, सचिवमा वीरबहादुर भोलन, सहसचिवमा तिमोथि डिम्डुङ चयन भएका छन् ।
एमाले बकैया–१० वडा कमिटीका वडा अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, एमाले बागमती प्रदेश सदस्यद्वय कमल विष्ट, पद्मा पौडेल, एमाले मकवानपुर जिल्ला सदस्यहरु दलबहादुर वाईवा, कृष्णप्रसाद चौलागाई, नरहरि महत, बेलप्रसाद दाहाल, सरला बोलखे, निरमाया भोम्जन, पूर्वजिल्ला सदस्य नजरमान भोम्जन, एमाले बकैयाका अध्यक्ष गोपालप्रसाद दाहाल, ईन्द्रबहादुर स्याङ्तान, बकैया युवा संघ संयोजक विजय वाईवा लगाएताको उपस्थिति थियो ।















प्रतिक्रिया