शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भर्चुअल माध्यमबाटै ‘सबैले नाँच्न सक्छन्’ कार्यक्रम सम्पन्न

सुरेन्द्र इङ्नाम २०७८ पुष २८ गते ९:१३

लन्डन, २८ पुस । बेक्स्ली नेपाली समाजद्वारा आयोजित सबैले नाँच्न सक्छन् (एभ्रिवान क्यान डान्स) नाराका साथ दोस्रो चरणको कार्यक्रम भर्चूअल माध्यमबाट सम्पन्न गरिएको छ ।

पहिलो कार्यक्रम बेलायतको बेक्स्लीमा भौतिक रुपमा उपस्थित भई प्रत्येक आईतबार ६ हप्तासम्म चलेको थियो । कार्यक्रमको सफलतापछि सबै सहभागी सदस्यहरूको विशेष अनुरोधमा यो दोस्रो चरणको कार्यक्रम तय गरिएको थियो ।

सोहि अनुसार बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेललगायत अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरू साथै बेक्स्ली नेपाली समाजका आजिवन सदस्यहरूको पूर्ण सहयोगका साथ कार्यक्रमको सुरूवात भएको थियो ।

उक्त कार्यक्रमको सुरूवातमा बेक्स्ली नेपाली समाजका बरिष्ठ उपाध्याय हरिस ज्ञावलीले पहिलो चरणको कार्यक्रम जस्तै यो पनि सफल होस भन्दै सुभकामनाको साथै केही सहयोग चाहिएमा हर्दम तयार रहने कटिबद्धता जाहेर समेत गरे ।

त्यस्तै यस समाजका कोषाध्यक्ष तथा कार्यक्रमका संयोजक दिपेन सिटैलाले हामीले यस कार्यक्रमलाई पनि पहिलो जस्तै फेस टु फेस गर्ने सोचेका थियौ त्यही अनुरूप सम्पूर्ण कार्यहरु तय पनि गरिएको थियो तर कोविड संक्रमणको बड्दो क्रमलाई मध्यनजÞर राख्दै सबैको सुझाव बमोजिम हामीले भर्चुअल माध्यमबाट गर्ने निर्णय गर्यौ भन्दै सम्पूर्ण सदस्यहरूको उत्साह,नृत्य शिक्षिकाको गहन मेहनत तथा कोरोनाको बेला घरमै रहदा हुने बिभिन्न शारीरिक र मानसिक समस्यालाई पनि ध्यानमा राखेर सरकारको गाइडलाइन फलो गर्दै हामिले यो कार्यक्रम चालाएका भन्दै प्रष्ट पारे ।

नाँच्नु भनेकै स्वस्थ्य रहनु हो, नयाँ कुराहरू सिक्दै जीन्दगीका भर्याङ् चड्नुपर्छ भन्दै कार्यक्रम संचालक तथा संस्थाका महा–सचिव केदार थपलियाले सबैको नृत्ययात्रा सफल रहोस भनी सुभकामना पनि दिए ।

कार्यक्रममा नृत्य शिक्षिकाले बोल्दै, आफूले जानेको कुराहरू अरूलाई सिकाउने आफ्नो सपना रहेको र यो एक किसिमको कला हस्तान्तरण गर्नु पनि हो भन्दै आफूलाई विश्वास गरेकोमा बेक्स्ली नेपाली समाज प्रति धन्यवाद प्रकट पनि गरे ।

उक्त कार्यक्रममा उपाध्यक्षहरु बिन्दु गुरुङ र बिजिता गौतम, सह–कोषाध्यक्ष बाला पर्साई, सदस्य अजन्ता जोशी, कार्यकारी सदस्य तथा पत्रकारिता संयोजक अहिल्या कुँवर को पनि उपस्थिति थियो । साथै अन्य सहभागिहरू– अम्बिका गुरूङ ,अर्चना लम्साल, बन्दना चापागाई, बनिता कार्की, बिपिना गिरी, कल्पना पन्डित, मनु र सुवास न्यैपाने, मेधा उपाध्याय, रचना सिटैला मिश्र, दिपा सिटैला, रस्मिता पर्साई, रिमा पैडेल, रिसिका पैडेल, रिता भेटवाल सेडाई, सम्झना कोईराला, संगीता उपाध्याय, सिलु आचार्य, गायत्री श्रेष्ट, राधा थापा, अमिता श्रेष्ट, शुस्मा भन्डारी लगायत धेरै नृत्य सिक्नेहरुको पनि बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको समापन गर्ने क्रममा, यस बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेलले आफूलाई वर्चूअल माध्यम बाट कार्यक्रमगर्दा राम्रो हुदैन कि जस्तो लागेको थियो तर भेला भएरै गरेको जतिकै राम्रो र सफल भयो । यस्तो कार्यक्रम ले समाजमा छरियर रहेका नेपालीलाई एउटै धागोमा गासेर सुन्दर माला बनाउने काम गरेको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित