९ कार्तिक २०८३, सोमबार

कर तिरेपछि नागरिकले निःशुल्क खानेपानी पाउनुपर्छ : शाह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २८ पुस । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नागरिकले खानेपानी निःशुल्क उपभोग गर्न पाउनुपर्ने बताएका छन् ।

उनले अहिले धेरै ठाउँमा खानेपानी केही व्यवस्थित भइसकेको तर धारा जडानको लागि महङ्गो शुल्क तिर्नुपर्दा विपन्न नागरिक मारमा परेको बताँदै नागरिकले निःशुल्क खानेपानी पाउनुपर्नेमा जोड दिएका हुन् ।

रुपन्देहीको सैनामैना–९ मा रहेको दलदले बरपानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै रुपन्देही–५ का सांसद शाहले नागरिकले कर तिरिसकेपछि खानेपानी जस्तो आधारभूत सुविधा निःशुल्क पाउनुपर्ने उल्लेख गर्दै भने, ‘जनतासँग कर लिइसकेपछि खानेपानी जस्तो आधारभुत कुराहरुमा सरकारले ध्यान दिँदैन भने के अर्थ भयो ?’ शाहले पानीको शुल्क क्रमशः कम गर्दै निःशुल्क बनाउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस नेता समेत रहेका शाहले आफ्नो पार्टी नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानका लागि पनि पहल गरिरहेको बताए । कसैलाई पनि भूमिहीन बनाउन नहुने भन्दै उनले एक पटक सबैलाई भूमिहीन सबैलाई जग्गा र लालपुर्जा उपलब्ध गराइने उल्लेख गरे । यसको लागि छिट्टै आयोग गठन भएर काम अघि बढ्ने शाहले जानकारी दिए ।

दलदले बरपानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष लिलाधर भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै खानेपानीका लागि हालसम्म १६ हजार २ सय मिटर पाइप विच्छाइएको र २३६ घरमा धारा जडान भएको जानकारी दिए । शुल्क तिरेका र धारा जडान नभएका, सदस्यता शुल्क मात्र तिरेका गरी कुल ३३७ जना संस्थाका सदस्य रहेको उनले बताए ।

कार्यक्रममा कांग्रेसका पूर्वजिल्ला उपसभापति फणेन्द्र शर्मा, प्रदेशसभाका उमेद्वार विष्णु पोखरेल, सैनामैना–९ का वडाध्यक्ष डोलराराज भण्डारी, विष्णु न्यौपाने, उपभोक्ता घनश्याम न्यौपाने, संस्थाका सचिव तिलक नेपाली, सदस्य रामचन्द्र मरासिनी लगायतले स्वच्छ खानेपानी पाउनु जनताको अधिकार भएको धारणा व्यक्त गरेका थिए ।