१० कार्तिक २०८३, मंगलबार

एक हजार डलर राशीको इञ्जा पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारका लागि आवेदन माग गरेको छ ।

इञ्जाले सामुदायिक पत्रकारिता पुरस्कारका लागि नेपालका विभिन्न जिल्लामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी इञ्जाले हरेक वर्ष खोज पत्रकारिताअन्तर्गत साहसी पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ । यो वर्ष पनि साहसी पत्रकारिता पुस्कारका लागि गत वर्ष सन् २०२१ मा प्रकाशित वा प्रसारित समाचार, रिपोर्ट, आलेख वा कार्यक्रमका आधारमा योग्य सञ्चारककर्मी उम्मेदवारको सिफारिस गर्न आह्वान गरेको छ ।

यसैगरी यसै वर्षबाट ग्लोबल नेपाली सञ्चार प्रतिष्ठानको अवधारणा अनुरुप सञ्चार क्षेत्रमा परिस्कृत र बौद्धिक जनशक्ति आकर्षित गर्ने उद्देश्यले शोधवृत्ति समेत उपलब्ध गराउने इञ्जाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपालबाट सन ६० कै दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषमा कार्यरत रही त्यहाँको उच्चतहको नीति निर्मातासम्म बन्न सफल भएका अर्थविद स्वर्गीय डा. सुखदेव साहको स्मृतिमा स्थापना गरिएको यो शोधवृत्ति पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पीएचडी वा सो सरहको एकेडेमिक तहमा काम गरिरहेकालाई प्रदान गरिने इञ्जाले जनाएको छ ।

इञ्जाले प्रदान गर्ने सबै पुरस्कारको राशी प्रत्येकको १ हजार अमेरिकी डलर अर्थात एक लाख नेपाली रुपैयाँ बढी रहेको छ । इञ्जा पुरस्कारमा सहभागी हुन इच्छुक पत्रकार वा सञ्चार संस्थाले फेब्रुअरी १० सम्ममा प्रकाशित समाचार सामग्रीसहितको निवेदन पठाउन सकिने बताइएको छ ।

यी सबै पुरस्कार आगामी मार्च १ मा इञ्जा डेका अवसरमा काठमाडौमा आयोजना गरिने एक विशेष समारोहकाबीच प्रदान गरिनेछ । अमेरिकामा मुख्यालय रहेको इञ्जाले विगत तीन वर्षदेखि इञ्जा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।