७ कार्तिक २०८३, शनिबार

नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न, ५.३१ ५ लाभांश पारित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपाल एसबिआई बैंकको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले बैंकको आ.व. २०७७/७८ को लाभांश पारित गरेको छ । सभाले बैंकका सेयरधनीलाई चुक्ता पूँजीमा ५.३१ प्रतिशत लाभांश (३.५०% बोनस सेयर र १.८१ % नगद लाभांश) दिने प्रस्ताव पारित गरेको छ ।

सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाले संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।