बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

राष्ट्रियसभा सदस्यका लागि एमालेले टुङ्ग्यायो १९ जना उम्मेदवारको नाम (नामावलीसहित)

दैनिक नेपाल २०७८ पुष १९ गते १७:२१

काठमाडौं, १९ पुस । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

सात वटै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लगाएको एमालेले जनाएको छ । आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको हो ।

जस अनुसार प्रदेश १ बाट देवराज घिमिरे (झापा), सुमित्रा भण्डारी (झापा), सोनाम गेल्जेन शेर्पा (सोलुखुम्बु) छन् । त्यस्तै प्रदेश २ बाट असर्फि भिनवार यादव (धनुषा), बिना साह (रौतहट) उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै बाममती प्रदेशबाट गोपाल शाक्य (ललितपुर) निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली) र गण्डकी प्रदेशबाट गोविन्दबहादुर नेपाली (बागलुङ), लीला पोखरेल थनेत (नवलपुर) पुण्यप्रसाद पौडेल (कास्की) उम्मेदवार बन्ने छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट कृष्णबहादुर सुनार (गुल्मी), भारती खनाल (बाँके) र रामदयाल गुप्ता (दाङ) तथा कर्णाली प्रदेशबाट पदमबहादुर माझी (दैलेख), गंगा थापा महत (जुम्ला) र चूडामणि शर्मा (सुर्खेत)लाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशबाट नरेश बिक (बैतडी), सन्तोष कुमारी शर्मा थापा (कैलाली) र डिल्लीराज भट्ट (डोटी)लाई उम्मेदवार बनाउने एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित