मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

प्यूठानमा कांग्रेस र माओवादीका सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

दैनिक नेपाल २०७८ पुष १९ गते १६:४४

प्यूठान, १९ पुस । प्यूठानको सरूमारानीमा कांग्रेस र माओवादीका १२९ जना एमाले प्रवेश गरेका छन् ।

हिजो आइतबार सरूमारानी गाउँपालिका–६ किमिचौर, प्यूठानमा आयोजित पार्टी प्रवेश तथा वडा जनसभा कार्यक्रममा पाङकोट, पाङवाङ, रज्जे, गोद्धारा, जुकेपानीलगायत गाउँबाट माओवादी केन्द्र र एक जना नेपाली काँङग्रेसकासहित १२९ जना नेता–कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नव प्रवेसीहरूलाई एमालेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल र पार्टी जिल्ला अध्यक्ष तुल्सीराम शर्माले स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित