बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

राष्ट्रियसभा निर्वाचनका लागि काङ्ग्रेसले टुङ्ग्यायो ६ जना उम्मेदवारको नाम

दैनिक नेपाल २०७८ पुष १९ गते १६:२९

काठमाडौं, १९ पुस । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा निर्वाचनका लागि आफ्नो पार्टीको भागमा परेको ६ जना उम्मेदवारको नाम टुङ्ग्याएको छ ।

बैठकले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको हो । बैठकको निर्णय अनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि सोमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेको हो । केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित