बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

२४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण पुष्टि, २५५ जना संक्रमणमुक्त हुँदा २ जनाको मृत्यु

दैनिक नेपाल २०७८ पुष १९ गते १६:०४

काठमाडौं, १९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ९ हजार ७०० जनामा आरटी–पीसीआर गर्दा २९१ जना र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी आज ३२६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २९ हजार २७७ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५९८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार ६७४ जना पुगेको छ । यो कुल संक्रमितको ९८ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४८ लाख ८० हजार २४ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ५ जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित