
काठमाडौं, १८ पुस । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छूट पाइने भएको छ ।
अङग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा अस्पतालले विशेष छूट प्याकेज ल्याएको हो । नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छूट दिइने अस्पतालका प्रशासन प्रमुख दिपकचन्द्र बरालले जानकारी दिए ।
‘एभरेष्ट अस्पतालले प्रत्येक वर्ष केही न केही नयाँ अफरहरू दिँदै आएको छ । यस वर्षका लागि पनि अस्पतालले नयाँ पाँच वटा प्याकेजहरू लिएर आएको छ,’ बरालले भने । उनका अनुसार पाँच वटा प्याकेजहरूमा पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फूल कारडियोलोजिस्ट हेल्थ प्याकेज छन् ।
पुस १६ गतेदेखि शुरू भएको यो छूट योजना आगामी २५ गतेसम्म जारी रहने अस्पतालले जनाएको छ । साथै बिहानको ६ः३० बजे भन्दा अगाडि सुगरका बिरामीले सुगर जाँच गराउँदा शतप्रतिशत छूटको व्यवस्था गरिएको अस्पतालले जानकारी दिएको छ ।















प्रतिक्रिया