९ कार्तिक २०८३, सोमबार

नगर प्रमुख पाण्डेद्वारा नवनिर्मित भवनको उदघाटन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १७ पुस । तुलसीपुर उपमहागनरपालिका–१ स्थित वीरेन्द्र माध्यामिक विद्यालय भ्युडर सुनपुरमा निर्माण गरिएको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

दुई कोठे भवनको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले विद्यालयलाई प्राविधिक शिक्षाको हवका रुपमा विकास गर्नुपर्ने बताए । विद्यालयको भौतिक पूर्वाधार विकासदेखि प्राविधिक शिक्षका लागि विकास गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट सबै खाले सहयोग गर्न तयार रहेको बताउँदै त्यसका लागि कार्यदल गठन गरेर योजना बनाउन आग्रह गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारी, समाजसेवी विनोद शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षद्वय प्रेमराज न्यौपाने, चुडामणि ढकाल, विद्यालय प्रधानाध्यापक टोपबहादुर बुढाथोकी, छात्रछात्राहरु सुमित्रा आचार्य, मोहन केसी र चन्द्रकला केसी लगाएतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।