८ कार्तिक २०८३, आइतबार

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदन पारित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पारित भएको छ ।

शुक्रबार दिउँसो १ बजेदेखि ५ बजेसम्म चलेको बन्द सत्रमा ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए ।

त्यस्तै, प्रचण्डले नेता राम कार्कीले राखेका पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेका भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीका गरेको बताएका थिए ।

त्यस्तै, उनले सबै समूहबाट आएका सुझावलाई समेट्ने पनि जनाएका थिए ।

प्रचण्डले आयोजक तथा प्रतिनिधिबाट प्राप्त सुझाव समावेश गरि दस्तावेज आवश्यक परिमार्जन गर्ने प्रतिबद्धतासहित दस्तावेज पारित गरिदिन आग्रह गरेका थिए । त्यसपछि महाधिवेशनको सिंगो हलले सर्वसम्मतबाट गडगडाहट तालीले प्रचण्डबाट प्रस्तुत दस्तावेज पारित गरेको थियो ।

बन्द सत्र शनिबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ भने शनिबार विधान मस्यौदामाथि उठेका प्रश्नको देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन उपसमितिले जनाएको छ ।