८ कार्तिक २०८३, आइतबार

एमसीसीबारे प्रतिनिधिहरुको सुझाव मानेनन् प्रचण्डले

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे जवाफ दिन चाहेनन् ।

शुक्रबार पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत कमलादीस्थित प्रज्ञा भवनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै आफूले धेरै बोल्न नपर्ने बताए ।

प्रचण्डले भनेका छन्, ‘एमसीसीबारे धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नु होला ।’ उनले यसो भन्दा हलमा हाँसो उठेको थियो ।

छलफलका क्रममा माओवादीका प्रतिनिधिहरुले एमसीसीको विरोध गरे पनि प्रचण्डले भने प्रतिवेदनमा ‘परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने’ भनेका छन् । यद्यपि अधिकांश प्रतिनिधिहरुले एमसीसी खारेजीको माग गरेका थिए ।