३ कार्तिक २०८३, मंगलबार

विभिन्न अफरहरूसहित रियलमीको आधिकारिक सर्भिस सेन्टर आजदेखि खुल्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । स्मार्टफोन ब्रान्ड रियलमीले आजदेखि आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको सुन्धारामा सञ्चालनमा ल्याउने भएको छ ।

सीटीसी मलमा सञ्चालनमा आउने सर्भिस सेन्टरले सञ्चालनका अवसरमा आफ्ना ग्राहकहरू र प्रशंसकहरूलाई विभिन्न अफरहरु पनि उपलब्ध गराउने भएको छ । उक्त अफर सर्भिस सेन्टरबाट उद्घाटनको दिनदेखि २ हप्तासम्म जारी रहने छ ।

कम्पनीले २ हप्ताका लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३०% सम्म छूट, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १०% छूट र निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयरसम्बन्धी आफरहरू दिने भएको हो ।

यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सेवा लिन सकिने कम्पनीले जनाएको छ । यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारास्थित सिटिसि मलको पाँचौंं तल्लामा अवस्थित छ ।