
काठमाडौँ, १३ पुस । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र दोस्रो दिन पनि जारी रह्यो ।
आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रको पहिलो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए ।
त्यस्तै, स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तुत गरेका थिए । दुवै दस्तावेजमा मंगलबार २५ वटा समूहमा समूहगत छलफल भएको छ ।
दोस्रो दिनको बन्दसत्रमा अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकेका छन् । बाँकी समूहको छलफलका लागि वुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको आठौँ महाधिवेशन प्रचार प्रसार उपसमितिले जनाएको छ । यसअघि छलफलका लागि मंगलबारसम्मको मात्रै समय प्रदान गरिएको थियो ।
छलफलमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा समर्थन जनाउँदै सुझावहरु दिइएको छ ।
वुधबार अपरान्ह १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ ।
















प्रतिक्रिया