मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

दैनिक नेपाल २०७८ पुष १३ गते ८:३९

लण्डन, १३ पुस । बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अर्को विश्वविख्यात उपाधि जितेका छन् ।

बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि जितेका हुन् ।

सिरहाका ३४ वर्षीय शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेँडाको चट्नी, कटहर पोलेको, मालपुवा, बुनियाजस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई पुनः अवसर दिँदै सो प्रतिस्पर्धा गराइएको हो ।

प्रतिस्पर्धामा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क र सन २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली सहभागी थिए । साहले भविष्यमा सेन्टर लण्डनमा नेपाली परिकारका खानासहितको रेष्टुरेन्ट खोल्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित