
काठमाडौँ, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
कमलादीस्थित प्रज्ञा भवनमा सोमबारबाट सुरु बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रतिवेदन पेश गरे पनि महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको भने छैन ।
प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिसकेपछि नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।
त्यसपछि प्रतिवेदनहरुमा बन्दसत्रमा समूहगत छलफल हुने छ । महाधिवेशन प्रतिनिधिहरुलाई छलफलका लागि २८ समूहमा विभाजन गरिएको छ ।
विधान पारित भएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्नेछ ।















प्रतिक्रिया