
काठमाडौ, १२ पुस । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कमजोर हुनुमा सबैभन्दा बढी आफैले आत्मसमीक्षा गरेको बताएका छन् ।
पार्टीको नेतृत्व गरेको र पार्टी अहिले कमजोर महुसुस हुनुको बढी जिम्मेवार आफू रहेको बताउँदै राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा गरिएको बताएका हुन् । जनयुद्धको तयारीदेखि त्यसको सञ्चालनको नेतृत्व आफूले गरेको उल्लेख गर्दै प्रचण्डले १२ बुँदे समझदारी र शान्ति सम्झौतासम्ममा सहभागी हुने बताए ।
संविधानसभादेखि संविधान निर्माण हुँदै सरकारको नेतृत्व गरेको स्मरण गर्दै आफू अरुलाई आरोपित गर्ने पक्षमा नभई आफैंले आफैंलाई चिरफार गरेर अगाडि बढ्ने पक्षमा रहेको उनको भनाइ छ ।
प्रचण्डले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसीक्षा गरिने बताएका छन् । ‘शान्ति प्रक्रियापछि विचार, संगठन, संरचना, कार्यनीति र कार्यशैलीमा कहाँ चुक्यौं भनेर आत्मसमीक्षा गरिनेछ,’ उनले भने ।
महाधिवशेनमा पेस गर्न आफूले तयार गरेको राजनीतिक प्रतिवेदनमा आफूले पहिलो आत्मसमीक्षा गरेको बताउँदै उनले भने, ‘पछिल्ला समय माओवादी आन्दोलन कमजोर देखिनुमा प्रमुख नेताको मैले आफैँलाई समीक्षा गरेको छु ।’
उनले एमालेसँग एकता गरेर गल्ती नगरिएको बताउँदै के कारणले नेकपा दुई ठाउँमा हुन पुग्यौँ भनेर दुवै पक्षले समीक्षा गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । ‘हामीले गल्ती गरेका थिएनौँ । हामीले यो देशलाई स्थायित्व र समाजवादतर्फ लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौं,’ उनले भने ।
महाधिवशेनपछि माओवादीलाई मात्र नभई देश र जनतालाई नयाँ उत्साह दिन चाहेको बताउँदै संविधान संशोधनका लागि आफू प्रधानमन्त्री हुँदा मधेसी र आदिवासीको हकअधिकारका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढाइएको बताए, आजको नेपाल समाचारपत्रले समाचार लेखेको छ ।















प्रतिक्रिया