८ कार्तिक २०८३, आइतबार

नेकपा गठन गलत थिएन तर जोगाउन नसकेकोमा पछुतो छः महासचिव पोखरेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको गठन गलत नभएको बताएका छन् ।

आइतबारदेखि सुरु नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपाको गठन आवश्यकता भएको बताउँदै त्यसलाई जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् ।

पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको बताए ।

पोखरेलले भने, ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’

‘नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले कसैलाई दोष दिएर उम्कन सकिन्छ ? किनकी हामी हाम्रा मान्यताहरुमा, लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सकेका छैनौं,’ उनले अघि भने, ‘हामी कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण महान उद्देश्यहरुमा पछाडि परेका छौं ।’

त्यस्तै, उनले देशमा प्राप्त भएका उपलब्धिहरु कुनै दल विशेषको कारण नहुने बताए ।