
काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जाने प्रस्ताव गरेका छन् ।
काठमाडौँमा पार्टीको अधिवेशनअघि भएको पत्रकार सम्मेलनमा प्रचण्डले ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका हुन् ।
सर्वदलीय बैठकमा समेत ओली नआउने भन्दै उनलाई भेट्न आफैँ जान प्रचण्डले प्रस्ताव गरेका हुन् । प्रचण्डले भने, ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’
प्रचण्डले ओलीलाई भेटेर संसद अवरोध नगरिदिन तथा अन्य विषयबारे छलफल गर्न पनि प्रस्ताव गरेका छन् ।















प्रतिक्रिया