८ कार्तिक २०८३, आइतबार

जनताले यो सरकार बनाएकै होइन, प्रतिक्रियावादीहरुले बनाइदिएको हो: ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले देश विकास गर्ने आफ्नो सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाएको बताएका छन् ।

बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीले भने ।

त्यसकारण आफूले नयाँ जनादेशको कुरा गरेको ओलीको भनाइ छ ।

‘गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेको बढ्यै छ । भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिवीतिर लगेको छ’, ओलीले भने ।