
काठमाडौं, ८ पुस । पश्चिमी वायुको प्रभावका कारण आज बिहीबार देशका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव परिरहेका कारण चिसो बढ्नाका साथै देशका विभिन्न स्थानमा हिमपात भइरहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।
त्यस्तै प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
शुक्रबार पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।















प्रतिक्रिया