
काठमाडौं, ७ पुस । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ७६ करोड कर छली गरेको विषय बाहिर आएकाले उनीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।
गोल्छाले एमसीसीको विरोध गर्नेहरूको विरुद्ध अभिव्यक्ति दिएको भन्दै सांसद सुवालले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राजस्व छली गर्ने गोल्छाविरुद्ध छानबिन हुनुपर्ने माग गरेका हुन् ।
‘उद्योग वाणिज्य महासंघका शेखर गोल्छाले ७६ करोड भ्याट छली गरेको समाचार आएको छ । र स्रोत नखुलेको विदेशी कम्पनीमा लगानी गरेको विषय सार्वजनिक भएको छ,’ सांसद सुवालले भने, ‘सम्पत्ति शुद्धीकरणद्वारा शेखर गोल्छामाथि छानबिन गरिनुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’
राष्ट्रलाई तिर्नुपर्ने कर नतिरेको भन्दै उनले गोल्छामाथि कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराए, आजको राजधानी दैनिकले समाचार लेखेको छ ।















प्रतिक्रिया