३ कार्तिक २०८३, मंगलबार

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा नुवाकोटको मदानपुरमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक सेवा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका, मदानपुरस्थित ८८औं शाखारहित सेवा प्रारम्भ गरेको हो । सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सुब्बालाल श्रेष्ठलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यो सेवाबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदानगर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट सेवा प्रदान गर्दै आएको छ ।