१० कार्तिक २०८३, मंगलबार

सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सम्पन्न

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सिनियर अधिकृतहरूका लागि आयोजित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा हिजो सोमबार आयोजित एक समारोहको बीच सो तालिमको समापन गरेका हुन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरू मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्दै आगामी दिनहरूमा यस किसिमको तालिमलाई अझ प्रभाबकारी ढंगले अगाडि बढाउदै लगिने प्रतिबद्धता व्यक्त गरेका छन् ।