१९ कार्तिक २०८३, बिहिबार

घट्दै कोरोना, थप २२० जनामा पुष्टि, २६३ निको

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ७२५ र एन्टिजेन विधिबाट १ हजार ४१६ एन्टिजेन परीक्षण गरिएकोमा २२० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख २१ हजार ९३७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ९ हजार १५५ जना पुगेको छ । देशभर

सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेको छ ।

हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५७४ जना पुगेको मन्त्रालयले जनाएको छ ।