
काठमाडौँ, ५ पुस । चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान अवतरण हुन नसकेपछि फर्किएको छ ।
सोमबार विहान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकी फर्किएको हो ।
विमानस्थलका अनुसार खराब मौसमका कारण अवतरण हुन सक्ने अवस्था नभएपछि विमान फर्किएको हो ।
सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको थियो । जहाज खराब मौसमका कारण काठमाडौँमा डेढ घण्टा होल्ड भएको थियो ।












प्रतिक्रिया