
काठमाडौँ, ५ पुस । रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा ढुंगामुढा भएको छ ।
प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै स्थानीयले चौकीमाथि ढुंगामुढा गरेका हुन् ।
गएराति टिपरको ठक्करबाट नेकपा एमाले नेताको मृत्यु भएको थियो । प्रहरीले आवश्यक कारवाही नगरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो ।
पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा ईलाका प्रहरी कार्यालयले त्यसो नगरेको स्थानीयको आरोप छ ।
प्रहरीले टिपरचालक र साहुलाई जोगाउन प्रयास गरेको स्थानीयको आरोप छ ।
पीडित परिवारसहित स्थानीयले प्रहरीका कार्यालयमा सोमबार विहानैदेखि ढुंगामुढा गर्दा २ जना प्रहरी घाइते भएका छन् ।
त्यस क्रममा प्रहरीले स्थिति नियन्णमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
त्यस्तै, प्रहरीको लाठी चार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।












प्रतिक्रिया