
काठमाडौँ, ४ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिनाको सर्वदलीय बैठक कुनै ठोस निष्कर्षबिना सकिएको छ ।
विशेष गरी संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नेबारे बसेको बैठक निष्कषविहीन बनेको हो ।
सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आआफ्नै धारणा राखेका थिए ।
जसमा सत्ताको नेतृत्व गरेको काँग्रेसबाहेकका दल यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा पुगेका छन् ।
सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रले पनि एमसीसी शंसोधन गर्नुपर्ने आफ्नो धारणा रहेको अध्यक्ष पुष्पकमल दाहालले बैठकमा बताएका छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले भने एमसीसी पारित हुनुपर्ने धारणा राखेको बताइएको छ ।
नेकपा एमालेले भने बैठकमा सहभागीता जनाएन । आफूले कारवाही गरिएका १४ जना सांसदहरुलाई सभामुखले सूचना टाँस नगरिञ्जेल आफ्नो आन्दोलन जारी रहेको बताउँदै आएको एमालेले नेकपा एकीकृतलाई छुट्टै दलको मान्यता दिएको छैन ।















प्रतिक्रिया