१९ कार्तिक २०८३, बिहिबार

१ लाख १५ हजार नक्कली नेपाली रुपैयाँसहित २ जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सर्लाही, ४ पुस । मलंगवा नगरपालिका–८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी जम्मा १ लाख १५ हजार नक्कली जस्तो देखिने नेपाली रुपैयाँसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा–६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी–१ बस्ने ४८ वर्षीय प्रमोद कुमार रहेका छन् ।

नेपालबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बीआर ३० वाई ४१३९ नम्बरको मोटरसाइकललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरुको शरीर तथा मोटरसाइकल तलासी गर्दा मोटरसाइकलको डिक्की र सिटको बिचको भागबाट उक्त नक्कली जस्तो देखिने रुपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट विभिन्न दरका १ सय ७० नेपाली रुपैयाँ र विभिन्न दरका ४७ हजार ५ सय १० भारतीय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।