१९ कार्तिक २०८३, बिहिबार

रन्जु दर्शनालाई कारवाही गरेपछि सहसंयोजक रानाभाटले दिए राजीनामा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुस । विवेकशील साझा पार्टीमा रन्जु दर्शनालाई कारबाही गरेपछि, सहसंयोजक सुरेन्द्र बहादुर रानाभाटले पनि बागमती प्रदेश भङ्ग गर्दै राजीनामा दिएका छन्

विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले बागमती प्रदेश संयोजक रन्जु दर्शनालाई कारबाही गरेका छन् । पार्टीमा लामो समयदेखि उनले ल्याएको दस्ताबेजमा विवाद चलिरहेको थियो ।

यही विवाद बिच प्रदेश २ का संयोजक अनिमेष कुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय पूर्व संयोजक डा राजेन्द्र पंगेनी, सचिवालय सदस्य प्रतिभा डङ्गोल, केन्द्रीय सदस्यहरू गरी करिब १०० जना नेता कार्यकर्ताले राजीनामा दिइसकेको छन् ।

यही बिच विवेकशील साझा पार्टीको सबैभन्दा दरो सङ्गठन रहेको बागमती प्रदेशमा मिश्रको विचारभन्दा फरक मत राखेपछि बागमती संयोजक रन्जु दर्शनालाई कारबाही गरेर बागमती सह–संयोजक सुरेन्द्र बहादुर रानाभाटलाई प्रदेशको बैठक बोलाएर नयाँ प्रदेश संयोजक चरण गर्न निर्देशन गरेको थियो ।

फरक मत राख्ने साथीहरूलाई गलत तरिकाबाट पार्टीबाट निष्कासन गर्ने काम गरेको, प्रदेश समितिसँग संयोन्वयन नगरी प्रदेश समितिमा हस्तक्षेप गरेको, नेताहरूको कार्यमुल्यांकन नगरी आफू खुसी नेताहरू चयन गरेको र पार्टीलाई गलत दिशामा लागेको कारण पार्टीका नेता तथा प्रदेश सह–संयोजक सुरेन्द्र बहादुर रानाभाटले आज पार्टी अध्यक्ष र संयोजकलाई राजीनामा बुझाएका हुन् । साथै, सहसंयोजक रानाभाटले प्रदेश समिति समेत भङ्ग गरेका छन् ।

सह–संयोजक रानाभाट पार्टीमा निकै सक्रिय सङ्गठकका रूपमा परिचित छन् । पार्टीमा अधिकांश साथीहरूले मिश्रको साथ छाड्दै गर्दा यो घटनाले रवीन्द्र मिश्र पक्षलाई थप कमजोर बनाएको छ ।