१९ कार्तिक २०८३, बिहिबार

थप १८१ जनामा कोरोना पुष्टि, २८९ निको, एकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ८३१ र एन्टिजेन विधिबाट ५ हजार ४१ एन्टिजेन परीक्षण गरिएकोमा १८१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख २१ हजार ७१७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ८ हजार ८९२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ जना रहेको छ ।

हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५७३ जना पुगेको मन्त्रालयले जनाएको छ ।