८ कार्तिक २०८३, आइतबार

कैलाली युवकको हत्या गरेको अडियो सार्वजनिक

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुस । कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे शंकास्पद अडियो सार्वजनिक भएको छ ।

प्रहरीले अनुसन्धान गरिरहेका बेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

करिब ३ मिनेटको अडियोमा मनोज नाम गरेका व्यक्तिले कसैको हत्या गरेको खुलासा गरेका छन् ।

अडियोमा उनले भनेका छन्, ‘एक/दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ ।’

त्यतिकैमा अर्का व्यक्तिले कसको ? भनेर सोधेका छन् । जवाफमा उनले ‘जसको भएनी अलग छ । यति कुरा बुझ, जसमा कहाँ पुगिसकेँ’ भनेका छन् ।

प्रहरीका अनुसार चिनजानकै व्यक्तिको संलग्नता रहेको र पहिचान भइसकेको जनाएको छ ।

अडियोमा एक जना व्यक्तिले आफू हत्यापछि सीमा पारि रुपैडिया पुगिसकेको र बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि सुनिन्छ ।

यद्यपि प्रहरीले अडियोबारे अनुसन्धान नै भइरहेको जनाएको छ ।

अडियो टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार अडियो मृतक युवकको श्रीमतीको मोबाइलबाट भेटिएको हो । कसले पठाएको लगायत बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

जानकी गाउँपालिका–९ को अरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शनिबार साँझ २५ वर्षीय अर्जुन दासको शव भेटिएको थियो ।

त्यसपछि उनको कपडा खोलेर त्यसैले शवलाई रुखमा बाँधेको पाइएको थियो ।

प्रहरीले दाससँगै काम गर्ने २ जनाभन्दा बढी मानिसको हत्यामा संलग्न रहेको अनुमान गरेको छ ।

प्रहरीले अर्जुनकै नजिकैका पहिचानका चार पाँचजना मानिसहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ ।

त्यस्तै, प्रहरीले लागुऔषध संलग्नहरुबाट हत्या भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि सबै कुरा संलग्नहरु पक्राउ परेपछि खुल्ने प्रहरीको भनाइ छ ।