८ कार्तिक २०८३, आइतबार

‘प्रकृति र पितृपूजक चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । राष्ट्रिपति विद्यादेवी भण्डारीले प्रकृति र पितृपूजक किराँत समुदायको उधौली पर्वले नेपालको मौलिक सांस्कृति परम्परालाई समृद्ध तुल्याएको बताएकी छिन् ।

उधौली पर्व, २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले ऋतु परिवर्तनको प्राकृतिक चक्रसँगसँगै आफ्नो जीवनचर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किराँत समुदायको चाड उधौंलीले नेपालको मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको बताएकी हुन् ।

उधौली पर्वले मानव जीवन र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देश समेत दिएको राष्गट्रपति भण्डारीको भनाइ छ ।

विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव तथा सहिष्णुता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वा व्यक्त गर्दै उनले उधौली पर्वको शुभकामना व्यक्त गरेकी छिन् ।

किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू भई १५ दिनसम्म विभिन्न कार्यक्रमहरूसहित मनाउने गरिन्छ ।

हिउँद सुरू भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वको अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनाका साथै राम्रो फसलको लागि भूमिप्रति आभार व्यक्त गर्दै अन्नको सह बसोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

साथै यस अवसरमा किराँत युवायुवती र वृद्धवृद्धा समेत परम्परागत पहिरनमा ढोल र झ्याम्टाको तालमा सामुहिक रूपमा साकेला नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।