३० आश्विन २०८३, शुक्रबार

नेपाल प्रहरीमा पनि पेन्सन अवधि १६ वर्ष बनाउने तयारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो ।

तल्लो तहका प्रहरीको मागअनुसार प्रहरी प्रधान कार्यालयले पेन्सनका लागि न्यूनतम सेवाहदको प्रावधान १६ वर्ष राख्ने प्रस्ताव अघि बढाएको हो । सेनामा पनि गत वर्ष यो प्रावधान लागू भइसकेको छ ।

१६ वर्षमा स्वेच्छिक अवकाश रोज्न पाइने, तर भर्ना भएको २० वर्षपछि मात्र पेन्सन लिन पाउने गरी नियमावली संशोधन गर्न छलफल भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

सेनामा पनि सोही सर्तसहित १६ वर्षे प्रावधान लागू गरिएको थियो । २० वर्षमा अवकाश पाउँदा विदेश जाने तथा अन्य काममा आबद्ध हुने अवसर पनि गुम्ने समस्या देखिएपछि प्रहरी प्रधान कार्यालय पेन्सन अवधि १६ वर्ष बनाउन राजी भएको हो, आजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।